अझै तीन दिन देशभर मध्यम तथा भारी वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले अबको तीन देशभर मध्यम तथा भारी वर्षा हुने अनुमान गरेको छ ।

महाशाखाले सोमबार बिहान प्रकाशित गरेको बुलुटिन अनुसार आज दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने महाशाखाको प्रक्षेपण छ । 

वर्षाको क्रम भोलि पनि यथावत रहने बताइएको छ । महाशाखाका अनुसार भोलि देशभर हल्का तथा मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

श्रावण ३० गते दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही  केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकालगायत स्थानमा सोमबार बिहानैदेखि परेको वर्षा अहिले पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?