तारा एयरको विमान खोज्न परिचालन भएको हेलिकोप्टर पोखरा र जोमसोम फर्कियो

लोकपथ
0
Shares

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालन भएको हेलिकोप्टर खराब मौसमका कारण पोखरा र जोमसोम फर्किएको छ ।

प्रतिकुल मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो ।

मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक-पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ ।

विमानका चालकले प्रयोग गरेको मोबाइलको नेटवर्क न्याउरीकोटभन्दा माथि रहेको लेक आसपासमा देखिएको छ । उक्त क्षेत्रमै मोबाइलको नेटवर्क देखाएको कारण विमान न्याउरीकोटको लेकभन्दा तल पर्ने मानापाथी हिमालको फेदमा रहेको खोँचमा दुर्घटनामा परेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?