विदेशमा रहेका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण

लोकपथ
56
Shares

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि सेयर बजारमा आरक्षणको व्यवस्था गरेको छ ।

आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारको प्राथमिक निष्काशनमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने घोषणा गरेको जानकारी दिए ।

‘वैदेशीक रोजगारीमा गएका नेपालीहरुको धितोपत्रको प्राथमिकता निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गराउने व्यवस्था गरेको छु ।’ अर्थमन्त्री शर्माले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?