भदाै १ देखि सार्वजनिक स्थानमा भिख माग्नलार्इ कारबाही

काठमाडाैं : भदाै १ गतेदेखि सार्वजनिक स्थानमा भीख मागेर यात्रु तथा बटुवा एवं सेवा प्रदायकलार्इ हैरान पार्ने मगन्तेहरू कारबाहीमा पर्ने भएका छन् । 

सरकारले जारी गरेको मूलुकी अपराध (संहिता) एेनको दफा १२६ मा 'कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालार्इ गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा अन्य व्यक्तिलार्इ कुनै प्रकारको रकम वा ज्याला दिर्इ भिक्षा माग्न दुरूत्साहन दिनुहुँदैन,' उल्लेख छ । 

सो दफाअनुसार अब सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारीसाधनलार्इ सार्वजनिक स्थान तोकिएको छ । यस्तो स्थानमा माग्नेहरूले मागेर यात्रुलार्इ दुख दिएमा प्रहरीलार्इ खबर गर्न सकिन्छ । मगन्तेलार्इ तत्काल प्रहरीले पक्राउ गर्नेछ र १ महिना कैद वा १ हजार रूपैयाँ जरिवाना तिराउनेछ । 

दाेस्रो पटक पनि माग्ने काम गरेमा वा गर्न लगाएमा ३ महिना कैद वा ३ हजार रूपैयाँ जरिवाना तोकिएको छ । मुलुकी अपराध एेनमा किटेरै भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ । 

माग्नेहरूमाथि प्रतिबन्ध लगाएपनि सरकारले साधु-सन्तलार्इ भने भिक्षा माग्न छुट दिएको छ । एेनमा दफा १२६ को स्पष्टीकरणमा ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन,’ लेखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?