जीपको ठक्करबाट एक जनाको मृत्यु

पाल्पा: तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते भएकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ । 

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। 
बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार घटनास्थलमै  मृत्यु भएको थियो । 

तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जीपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको हो । 

ठक्करबाट पाँच जना घाइते भएका थिए । पाँचमध्ये दुई जनाको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?