बाढी अाएपछि दाङमा यातायात अावागमन ठप्प

घोराही : अार्इतबारदेखि परेको अबिरल बर्षाका कारण बाढी अाएपछि दाङमा यातायात सेवा ठप्प भएको छ । 

खोलाहरूमा बाढी अाएकाले सोमबार बिहानैदेखि लमही-तुलसीपुर सडकखण्डमा यातायातका साधन चलेका छैनन् । 

बर्षाका कारण ग्वारखोला, बबइखोला, पत्रेखोला र सग्राम खोलामा पानीको सतह बढेको छ । बाढीका कारण मूख्यगरि मोटरसार्इकल चालकहरूलार्इ अावतजावत गर्न समस्या परेको छ । 

दाङकाा अधिकांश खोलामा पक्की पूल निर्माण भएको छैन भने बाढीको व्यवस्थापन उचित ढंगले हुन सकेको छैन । 

लमही-तुलसीपूर सडक खण्डमा मात्रै ९ वटा खोला छन्, जहाँ हालसम्म पूल निर्माण गरिएको छैन । 

नागरिकको ज्यूज्यानको सुरक्षा गर्न भन्दै प्रशासनले पानी पर्नासाथ खोलाको दुवै किनारामा प्रहरी तैनाथ गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?