बाँझो र उपयोगविहीन जमिन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने

लोकपथ
77
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

कृषी क्षेत्रको उत्पादन बढाउने समेत लक्ष्य राखेको पनि उनले बताए । बेरोजगारहरु मध्येबाट ३०० जना कृषि स्वयंसेवक तयार गरिने र सबै वडामा कृषि प्राविधिकको व्यवस्था गरिने पनि उनले बताए ।

किसानलाई सरल र सहज रुपमा बीउ मल र प्रविधिका साथै सहुलियत कर्जा प्रदान गरिने उनले बताए । साथै सरकारले कृषि विमा विस्तार गर्ने योृजना अगाडि बढाएको छ । न्युनतम समर्थन मूल्य तोकेर कृषि उपज सरकारले खरिद गरिदिने पनि अर्थमन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?