बजेट : किसान हित कोषको स्थापना गरिने

लोकपथ
56
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सरकारले हित कोषको स्थापना गर्ने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानहरुको हित संरक्षणका लागि उक्त कोष स्थापाना गरिएको जानकारी गराएका हुन् । उक्त कोषमा सुरुमा १ अर्ब रुपैयाँ राखिने समेत उनले बताए ।

त्यसैगरी प्रधानमन्त्री कृषी आधुनिकीकरण कोषका लागि ५ अर्ब १० करोड छुट्टयाइएको समेत बताए ।

त्यसैगरी आगामी आर्थिक वर्षमा आयात २० प्रतिशत घटाउने लक्ष्य राखेको लगायत लक्ष्य रहेको छ ।

हाल अर्थमन्त्री शर्माले बजेट वक्तव्य जारी राखेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?