मौसम प्रतिकूलताको कारण खोजीकार्यमा सकस : यसो भन्छन् मुस्ताङका सीडीओ

लोकपथ
130
Shares

काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको जहाज अझैसम्म सम्पर्कविहीन रहेको छ ।

मौसम प्रतिकूलताको कारण अझैसम्म खोजीका लागि जान नसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार उद्धार कार्यका लागि गएको नेपाली सेनासहित २ वटा हेलिकाेप्टर मुस्ताङको कोवाङ भन्ने स्थानमा राखिएको छ ।

‘मौसम प्रतिकूलताको कारण उद्धारकार्यमा समस्या भइरहेको छ । हाल नेपाली सेनासहितका अर्को एउटा जहाज पनि यहाँ आएको छ । तर सम्पर्कविहीन भएको सम्भावित स्थानमा जान सकिएको छैन’, उनले लोकपथसँग कुराकानी गर्दै भने ।

आइतबार बिहान तारा एयरको ९ एन एइटी कलसाइनको जहाज ९ः५५ बजे जोमसोमतर्फ उडेको थियो । तर निर्धारित समयमा जोमसोम विमानस्थल पुग्न नसकेपछि सम्पर्क थालिएको थियो ।

विमानमा १६ जना नेपाली, ४ जना भारतीय नागरिक र २ जना अन्य देशका नागरिकसहित २२ जना सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?