केराखेतीमा बिचौलियाको मनलाग्दी मूल्य, केरा बेच्न किसानहरू आफैँ सडकमा उत्रिए

लोकपथ
234
Shares

बारा । कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन् ।

बिचैलियाले आफूखुसी केराको मूल्य निर्धारण गरेर केरा किन्दा किसानहरू समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केराको मूल्य नपाउँदा किसानहरू समस्यामा परेका हुन् ।

केराले स्थानीय बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । बारीमा कहिनुभन्दा उनीहरू आफैँ-आफैँ सडकमा पुगेर बेच्न थालेका छन् ।

गत चैतदेखि नै स्थानीय उत्पादनको आपेक्षाकृत रुपमा बजार पाउन नसकेको हो । लागत मात्रै उठे पनि राहत मिल्नेभन्दा किसानहरू आफैँ सडक बेच्न बसेको किसान जितबहादुर लोप्चनले बताए ।

केराखेतीबाट मनग्य आम्दानी गर्ने आसमा लगानी गरेका किसान अहिले निराश बनेका छन् । केरा ब्लकबाट विकसित हुँदै केराजोनमा आईपुग्न लागेको निजगढ नगरपालिकाका किसानका खेतमा अहिले उब्जनी कम हुन थालेको छ ।

बिचौलियाले दुई रुपैयाँप्रति कोसा केराको मूल्य दिने गरेका कारण घटामा रहेका किसानले आफैले बेच्दा राम्रै आम्दानी गरेको विनय राईले बताए ।

उखुखेती गर्दै आएका यहाँका किसानले चिनी मिलहरूले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेसानै परिवर्तन गरी केराखेती थालेका थिए । निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका छन् ।

केरा ब्लकबाट विकसित हुँदै केराजोनको रुपमा स्थापित यस नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । प्रतिबिघाह दुईदेखि तीन लाखसम्म मुनाफा लिँदै आएका किसानले केराको मूल्य नपाएपछि चिन्तित बनेका हुन् ।

अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरू बताउँछन् । केरा व्यापारीहरूले खेत बारीमै आएर किन्ने र हातहातै नगद पाईने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?