फेरि २३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

लोकपथ
169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १६ गते अर्थात् भोलि सोमबार पुन २३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जेठ १७ गते जारी मिति भने तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार १४ गते, २०७९ भदौ १४ गते, २०७९ मंसिर १३ गते र २०८० जेठ १६ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि अर्थात गत साता पनि राष्ट्र बैकले २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?