माल्दिभ्सको उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित

लोकपथ
91
Shares

काठमाडौं । माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ प्रतियोगितामा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा कामनाको टिमले अर्की नेपाली स्पाइकर उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबलाई सोझो सेटमा पराजित गरेको हो । पुलिसले सेट २५–१५, ३१–२९, २५–१९ ले आफ्नो पक्षमा पार्‍यो ।

सिफाइन्जको प्रतियोगितामा पहिलो हार हो । उसको दुई खेलबाट तीन अंक छ । पुलिसको लगातार दोस्रो जितसँगै ६ अंक भएको छ ।

नेपाल पुलिस क्लबका खेलाडी द्वय पहिलो पटक विदेशी लिगको अनुभव बटुल्दै छन् । जुन लिगमा १० टिमको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?