अर्जुनप्रसाद पोखरेलको घोषणाः सरकारी कार्यालय सञ्चारमैत्री बनाउँछु

-शम्भु माली  

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले जिल्लाका सरकारी कार्यालयलाई सञ्चारमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । 

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा कर्मचारी मिलन केन्द्रमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरे । सञ्चार माध्यम र सञ्चारकर्मीले सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा बनाउने समाचारमा आफनो पूर्ण साथ र सहयोग रहने उनले विश्वास दिलाए । 

जिल्लाका सम्पूर्ण सरकारी निकायलाई जवाफदेही र शुसासन युक्त बनाउन कुनै कसर नराखिने बताउदै सबै सरकारी निकायलाई सञ्चारमैत्री बनाउने उनले बताए । कार्यक्रममा सञ्चारकर्मीले राखेको नदीजन्य पदार्थको चोरी निकाशी र दोहन नियन्त्रण गर्ने विषयमा उनले स्थानिय तह सँग समन्वय गरी त्यस्ता गतिविधि नियन्त्रण गरिने जानकारी दिए । 

कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक अनन्त कुमार ढकाल, सशस्त्र प्रहरी २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी, सहायक प्रजिअ रामेश्वर अर्याल, पत्रकार महासंघ केन्द्रिय सदस्य बसन्त गिरी र जिल्ला अध्यक्ष डिलाराम भुसाल सहितका सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?