खराब मौसमका कारण खोजी र उद्धारका लागि परिचालन गरिएको हेलिकोप्टर जोमसोम फर्कियो

लोकपथ
336
Shares

काठमाडौं । तारा एयरको सम्पर्कविहीन विमान खोजी र उद्धारका लागि परिचालन गरिएका हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएकाे छ ।

खराब मौसमका कारण अहिले देशका उच्च हिमाली भेगमा हुस्सु र अँध्यारो भएको छ । सोही कारण हेलिकोप्टरलाई पनि उड्न र खोज्न अफ्ठ्यारो भएपछि फिस्टेल एयरको हिलिकोप्टर जोमसोम फर्किएको हो ।

बेपत्ता भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।

No description available.

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि अहिले विमानको खोजीकार्य तीव्र पारिएको छ । आइतबार बिहान ९ः५५ बजेपोखरमबाट १९ जना यात्रु बोकेर जोमसोमका लागि उडेको ९ एनएईटी कल साइन भएको ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेका छन् । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?