मुस्ताङका सीडीओ भन्छन्- ‘टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौँ’

लोकपथ
294
Shares

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङस्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘पुष्टि भएको छैन । भएपछि हामी खबर गर्छौं’, उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’

जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?