अपटेड : स्थानीय भन्छन्- ‘मुस्ताङको लुप्साङखर्कमा दुई पटक ठूलो आवाज आयो’

लोकपथ
3k
Shares

काठमाडौं । मुस्ताङको खासाङ गाउँपालिकाको लुप्साङखर्कमा विमानको अस्वाभाविक आवज आएको एक स्थानीयले जानकारी दिएका छन् ।

टीटीका स्थानीयवासी रामकुमार विकले दिएका जानकारीअनुसार विमान करिब १ घण्टा अगाडि खासाङ गाउँपालिकाको लुप्साङखर्कको आकाशमा उडेको थियो । विमानको आवाज अन्य बेलको भन्दा ठूलो भएको पनि उनले जानकारी दिए ।

उडिरहेको बेला एकाएक दुई पटक ठूलो आवाज आएको उनले जानकारी दिए । विमानको आवाज सुनेपछि उनले प्रहरीलाइ खबर गरेका थिए । उनको खबरपछि प्रहरीको टोली हेलिकोप्टरसहित उक्त स्थानमा खोजीका लागि निस्केको छ ।

‘एक घण्टाअघि ठूलो आवाज सुनेको दुइ चोटी करायो तर कहाँ गयो भन्ने थाहा भएन’, उनले भने ।

अँध्यारो भएकाले विमान कहाँ गयो भन्ने थाहा नभएको उनले जानकारी दिए ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि अहिले विमानको खोजीकार्य तीव्र पारिएको छ । आइतबार बिहान ९ः५५ बजेपोखरमबाट १९ जना यात्रु बोकेर जोमसोमका लागि उडेको ९ एनएईटी कल साइन भएको ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेका छन् । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

विमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिए । विमान सम्पर्कमा नआएपछि खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?