मुस्ताङको लेते प्रहरी भन्छ- ‘अहिलेसम्म विमान भेटिएको खबर छैन’

लोकपथ
1.1k
Shares

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि अहिले विमानको खोजीकार्य तीव्र पारिएको छ ।

आइतबार बिहान ९ः५५ बजेपोखरमबाट १९ जना यात्रु बोकेर जोमसोमका लागि उडेको ९ एनएईटी कल साइन भएको ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

सामाजिक सञ्जालहरुमा विमान मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको भन्ने समाचारहरु बाहिरिए पनि इलाका प्रहरी कार्यलय लेतेका प्रमुख कुमार केसीले आफ्नाे आसपासका क्षेत्रमा केही पनि अप्रिय घटनाबारे जानकारी नआएको लोकपथलाई बताए ।

‘चारैतिर हुस्सु नै हुस्सु छ । लेतेमै अप्रिय घटना भएको भन्दै धेरै खबरहरु आएछ तर हाम्रो मातहतको क्षेत्रमा अहिलेसम्म त्यस्तो कुनै जानकारी आएको छैन । हामीले विमानको खोजीकार्य तीव्र बनाएका छौँ’, लेतेका प्रमुख केसीले बताए ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएका कारण समस्या भइरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

विमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी दिए । विमान सम्पर्कमा नआएपछि खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?