अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

लोकपथ
91
Shares
u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;’wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?