काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतवार अचानक महानगरीय प्रहरी बृत्त बालाजुको निरीक्षण गरेका छन् ।
बालाजु बृत्तबाट भएका कामकारवाही, प्रहरी कर्मचारीको भूमिका, सेवाग्राहीको समस्या, हिरासत ब्यवस्थापन, सरसफाई, मुद्धा प्रक्रिया लगायत विभिन्न गतिविधिको जानकारी लिएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट सिधै बालाजु बृत्त पुगेका महानिरीक्षक खनालले सर्वसाधारण नागरिकको शान्तिसुरक्षाका लागि कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।
महानिरीक्षक खनालले पेशाप्रतिको बफादारिता र इमान्दारिता नै नागरिकसुरक्षा प्रतिको सच्चा प्रतिवद्धता भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया