शुक्लाफाँटा निकुञ्ज घुम्ने पर्यटकको संख्यामा वृद्धि


प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार ११:४४

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको बताएका छन् । 

साथै, उनले  २०७४/७५ मा चार हजार ७ सय ४० पर्यटकले निकुञ्जको अवलोकन गरेको पनि जानकारी दिएका हो । 

आन्तरिक चार हजार २ सय ८१, सार्क मुुलुकका २ सय ६६ तथा अन्य देशका १ सय  ९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३/७४ को तुलनामा २०७४/७५ मा पर्यटक दोब्बरले बढेका छन् । आव २०७३/७४ मा दुई हजार ६ सय ४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए ।

आन्तरिक दुई हजार ३सय ७३, सार्क मुलुकका १सय३० तथा अन्य मुलुकका १ सय ३७ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । अघिल्लो आवमा एक हजार ६ सय४९ पर्यटकले अवलोकन गरेका थिए । आन्तरिक एक हजार ६सय ४९, सार्क मुलुकका ९५ र विदेशी एक १ सय  ७५ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए ।

निकुञ्जको प्रचारप्रसार, आरक्षबाट निकुञ्जको स्तरोन्नति तथा निजी क्षेत्रले पर्यटक आकर्षित गर्ने गतिविधि बढाएका कारण पर्यटकको संख्यामा वृद्धि भएको निमित्त मुख्य संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । 

निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यकको रोजाइँमा घाँसे मैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एक सिङ्गे गैंँडा, हात्ती, बाह्रसिङ्गे, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल तथा विभिन्न प्रजातीका चरा पर्ने गरेका छन् ।

दैनिक सातदेखि १० जना बाह्य पर्यटक निकुञ्ज घुम्न आउने गरेको घिमिरेले बताए । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गेको बथान र दुर्लभ पशुपक्षी तथा वनस्पतीका लागि प्रसिद्ध छ ।

घुम्न आउने पर्यटकले घाँसेमैदान, रानी ताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुङ्गे पुल, कालिकिच ताल तथा निकुञ्जभित्रका सिमसार क्षेत्रको अवलोकन गर्ने गरेका छन् । 
 

Tags :
प्रतिक्रिया दिनुहोस
प्रतिकूल मौसमका कारण खुम्बुका पर्यटक अन्नपूर्णतर्फ

साेलुखुम्बु । खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन

कपडामा झुण्डिने र माग्नेले पर्यटक आजित

कास्की । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा

काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै

हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक अलपत्र

सोलुखुम्बु । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौँ विदेशी पर्यटक अलपत्र