नेपालीको प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।
यसअघि आर्थिक वर्ष ०७७÷७८ मा १२४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १३८१ डलर पुग्ने अनुमान गरिएको हो ।
शनिबारको अमेरिकी डलरको विनिमय दर अनुसार एक वर्षमा एक जना नेपालीले औसतमा १ लाख ७० हजार ९८१ रुपैयाँ आम्दानी गर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया