काठमाडौं । रोल्पामा कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका बन्दी सुन्दर हरिजनको घटनाबारे छानविन गर्न कार्यदल गठन भएको छ । कारागार व्यवस्थापन विभागका निर्देशन झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो ।
समितिलाई सो घटनाको छानविन गरी १० दिनभित्र कारागार व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न गृहमन्त्रालयले जनाएको छ ।
हरिजनले गत जेठ ४ गते कारागार कार्यालय रोल्पामा झुन्डिएर आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया