नीति अनुसन्धान प्रतिष्ठानद्वारा २७ जना गोल्डमेडालिष्टलाई सम्मान

लोकपथ
0
Shares

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालले २७ जना गोल्डमेडालिष्टहरूलाई सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंको नेपाल भारत मैत्री आन्नद पशुपति धर्मशालामामा एक प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी नेपालबाट भारतको विभिन्न विश्वविद्यालयमा गई अलगरअलग विषयमा अध्ययनगरी अलग अलग समयमा विश्वविद्यालयबाट गोल्डमेडालिष्ट प्राप्त गरेर स्वदेशमै बसेर नेपालको अलग अलग क्षेत्र कामगरेर महत्त्वपूर्ण योगदान पुर्‍याएका २७ जना व्यत्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुचना तथा संचार मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की, विशिष्ट अतिथि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका डाइरेक्टर आशाबाई बापटहरूले सम्मान प्रदान गरेका थिए ।

सुचना तथा संचार मन्त्री माननिय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा नीतिअनुसन्धान प्रतिष्ठान नेपालका डाइरेक्टर डा दीपक कुमार अधिकारीज्युले नीति अनुसन्धान केन्द्रले २०१७ मा पहिलो प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी ३२ जना समाजका प्रतिष्ठित व्यत्तीहरूलाई सम्मान गरेको र त्यससँगै ४० बर्ष भन्दा मुनिका ७ जना युवा प्रतिभा र उद्यमीलाई पनि २०७४मा सम्मान गरेको कुरा उल्लेख गर्दै यस वर्ष पनि अलग अलग विधा र विषय छुट्याएर भारतको अलग अलग विश्वविद्यालयमा अध्ययन गरेर गोल्डमेडालिष्ट प्राप्त गरेका व्यत्तिहरूलाई सम्मान गर्नु पर्छ भन्ने उदेश्यका साथ यस प्रतिभा सम्मान कार्यक्रम आयोजना गरेको बताएका थिए ।

त्यसैगरी, कार्यक्रमका अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवि बज्राचार्यले ” यस्तो किसिमको कार्यक्रम भईरहनु पर्ने र यसले नयाँ आउने पुस्ताहरूलाई उत्प्रेरणा मिल्ने साथै विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमै केही गर्नु पर्छ भन्ने भावको सकारात्मक सन्देश जाने भएकोले यस्तो कार्यक्रमहरूलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् ” ।

साथै कार्यक्रमका अर्का अतिथि भूमी, सहकारी तथा गरिबी निबारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाज्युले समाजका विशिष्ट व्यत्तित्वहरूलाई कार्यक्रममा उपस्थिति गराई एउटै मालामा उनेर जुन कार्यक्रम नीतिअनुसन्धान प्रतिष्ठनले आयोजना गरेको छ त्यो अत्यन्तै राम्रो गरेको र नयाँ पुस्तालाई प्रेरण बनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?