बिटक्वाइनको कारोबारमा इ–सेवा पनि

काठमाडौँ, २९ असोज- अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको इ–सेवाबाट नेपालमा अवैध क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार भइरहेको पत्ता लागेको छ । संसारको कुनै पनि राज्यले स्वामित्व नलिएको, कुनै पनि निकायमा सुरक्षण नभएको तथा नेपालमा प्रतिबन्धित यस्तो मुद्रा इन्टरनेटमा खरिद बिक्री गरेर फाइदा लिने गरिएको छ ।कुनै जमानामा गोल्डक्वेस्ट र पछि युनिटीजस्तै गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख छ । बिट क्वाइनको कारोबारलाई नेपाल सरकार र राष्ट्र बैंकले अबैध भनेका छन् । नयाँ पत्रिका लेख्छ- निरन्तर समाचार आएपछि यसका सात जना कारोबारी पक्राउ परेका छन् । बिट क्वाइन माइनिङ (उत्पादन) भइरहेको कार्यशालामा पनि प्रहरीले हस्तक्षेप गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?