विराटनगर महानगरपालिकाको मेयर पराजुलीको कार्यकक्षमा बम विस्फोट

विराटनगर । विराटनगर महानगरपालिकाको मेयर भीम पराजुलीको कार्यालय परिसरमा बम विस्फोट भएको छ । 

विष्फोटबाट त्यहाँ राखिएका सोफा, झ्यालका सिसा र को १ झ ४९४ नं.को निजि कारमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।

बम विस्फोटबाट एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको एसपी केसीले जानकारी दिए । 

मेयरको कार्यकक्षमै बम विस्फोटका हुँदा अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित बनेका छन् भने भवनलाई प्रहरीले घेरामा राखेको छ । 

बम विस्फोट गराउने समूहको पहिचान नभएको र  घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?