पाल्पा । तानसेनको बडीज्ञानटोलमा रोकिराखेको जीप चिप्लिेर किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बगनासकाली–२, नायरका नौ महिनाका बालक भएको प्रहरीले जनाएको छ ।
हुलाकचोकदेखि आन्दोलनचोकतर्फ जाँदै गरेको ग १ च ६७४८ नं।को भैंसी बोक्ने जीपले बालकसहित अन्य मानिसलाई किचेको प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा सानो दुधे बच्चा आमाको काखबाट उछिट्टिएर लडेपछि उनलाई गाडीले किचेको हो ।
घाइतेहरुको मिसन अस्पताल पाल्पामा उपचारको भइरहेको प्रहरीले जनाकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया