काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिसँग उनले यस्तो गुनासो गरेका हुन् ।
लोकतन्त्रकै लागि आफ्नो पार्टीको स्थापना भएको भन्दै प्रधानमन्त्रीले नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै खतरा नहुने स्पष्ट पारे । उनले भने आफू १४ वर्ष जेल बसेको, पार्टीका कयौं नेता, कार्यकर्ता सहीद भएकोले वर्तमान सरकारबाट खतरा नहुने बताएका हुन् ।
उनले भने, ‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्ने उपयुक्त ठाउँ हो त ?’ प्रधानमन्त्री ओलीको प्रश्न छ, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’
त्यस्तै प्रधानमन्त्रीले केही मिडिया जानाजान नेकपा र सरकारविरुद्ध उभिएकोमा असन्तुष्टी व्यक्त समेत गरे ।
प्रधानमन्त्रीलाई भेट्न टेलिभिजन सञ्चालकहरुको संस्था मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, निवर्तमान अध्यक्ष कैलाश सिरोहिया लगायतका मिडिया सञ्चालक बालुवाटार पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया