भक्तपर । लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गर्नुभएको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत उक्त सडक खण्डमा चाप कम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याउन लागिएको हो ।
सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवाला सहितका टोलीले उक्त क्षेत्रको अवलोकन गरेपछि सडक मर्मत तथा ग्राभेल विछ्याउन थालिएकोे छ ।
“कोटेश्वर–जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएका अनियमितता नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको छ ।” बस्नेतले भने।
रु ४३ करोडको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेकोे नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ । त्यस्तै मनोहरा नदीको दायाँबाँया २०÷२० मिटर चौंडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिए ।
करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक चापको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग नै हो भने । उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्र्याक निर्माणका लागि डिपिआर तयार भइसके पनि नागरिक उड्यान प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताए ।
अहिले कोटेश्वरसम्मको चाप न्यूनीकरणका लागि विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न रु १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म रु तीन करोड विनियोजन भएकामा काम सम्पन्न हुने चरणमा छ । मेलम्ची खानेपानीको ढल विछ््याउने कार्यले योजना सम्पन्न गर्न केही ढिलाइ हुन गएको थियो ।
सांसद बस्नेतले भक्तपुरमा सुरक्षित राजमार्ग निर्माण गर्न विशेष अभियान चलाइएको बताउँदै उज्यालो राजमार्ग निर्माणका लागि राधेराधे चोकसम्म सडकमा सौर्य बत्ती जडान गरिएको र बाँकी ठाउँमा पनि तुरुन्तै जडान गरिने बताउनुभयो । त्यस्तै वागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि रू ९१ करोड विनियोजन भइ निर्माण कार्य पनि अगाडि बढिसकेको उहाँको भनाइ थियो ।
विगत केही समयदेखि सुरक्षित भक्तपुर बनाउने अभियानबमोजिम दिउँसोको समयमा ट्रिपर सञ्चालनमा रोक लगाएपश्चात दुर्घटनामा न्यूनीकरण भएको छ भन्दै उहाँले “हाम्रो यो निर्णयले केही व्यावसायीलाई त असर परेको होला तर सडक दुर्घटना न्यूनीकरण गर्न भने हामी सफल भएका छौं ।”
मनोहरा करिडोर निर्माणको जिम्मा लिनुभएका ठेकेदार भीम श्रेष्ठले मनोहरा नदीको करिडोर निमार्ण शुरु भइसकेकामा यहाँका सुकुम्वासी बस्ती तथा स्थानीय सरोकारवाला व्यक्तिले निमार्ण कार्यमा अवरोध पु¥याएकाले समस्या आएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया