मेयर बालन साह पुगे सिस्डोल

लोकपथ
3.7k
Shares

काठमाडौं  । काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साह फोहर व्यवस्थापनकाे विषयमा जानकारी लिन नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् ।

उनले ओखरपौवामा रहेकाे फाेहाेर व्यवस्थापन केन्द्र सिस्डोल र बञ्चरेडाँडाको अवलोकन तथा अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा साहले स्थानीयको मागलाई सम्बोधन गर्ने र त्यसका लागि योजना पनि बनाइएकाे बारे त्यहाँका सर्वसाधारणलाई  जानकारीसमेत गराए ।

साथै सहले फोहोर व्यवस्थापनकाे समस्यालाई दीर्घकालीन रूपान समाधान नगरी जितको उत्सव नमनाउने, खादा तथा मालासमेत नलाउने र अन्तर्वार्तासमेत नदिने घोषणा गरेका छन्।

उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?