२३ असार २०७९, बिहीवार

खोटाङमा पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर

२०७९,जेष्ठ,१३,शुक्रवार २१:०३

45
Shares

खोटाङ । नेपाल प्रेस युनियन खोटाङले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको छ । दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्ष्यित गर्दै प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवशरमा शुक्रबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो ।

प्रेस युनियनले नेत्र ज्योति संघ दिक्तेल र आँखा उपचार केन्द्रसँगको सहकार्यमा पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको हो । आँखा उपचार केन्द्रमा आयोजना गरिएको शिबिरमा २४ जना पत्रकारले आँखा जाँच गराएका छन् । त्यसमध्ये १३ पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका अध्यक्ष उत्तम चौंलागाईले बताए । यस्तै ४ पत्रकारलाई आँखामा लगाउने औषधि वितरण गरिएको छ ।

निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले उद्घाटन गरेका थिए । ‘हामी पत्रकारहरु चौबिसै घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेख्न व्यास्त रहन्छौँ जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ,’ चौंलागाईले भने, ‘हाम्रो आँखाको स्थिति वारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम आयोजना गरेका हौँ ।’

जिल्लामा सवारी चालक, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिकलाई लक्ष्यित गर्दै आँखा जाँच कार्यक्रम अघि बढाउने तयारी भइरहेको नेत्र ज्योति संघका सभापति ईन्द्र कसजुले बताए । कसजुका अनुसार जिल्लामा १ हजार ५४२ जना दृष्टि विहिन, २ हजार ६२२ मोतिविन्दुको समस्या भइ अप्रेशन गर्नुपर्ने र ५ हजार ३८१ जनाले तत्काल चस्मा लगाउनुपर्ने देखिएको छ । यस्तै, २७ हजारलाई चश्माका लागि रेफर गरिएको नेत्र ज्योती संघले जनाएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१३,शुक्रवार २१:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंसँगै हैजाको संक्रमण हेटौँडा समेत देखिएपछि चितवनमा यसको जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२

लमजुङ । बेँसीशहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले खेतीयोग्य जमिनको बढ्दो खण्डीकरणलाई न्यूनीकरण गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । सोमबार

ताजा समाचार

बागलुङमा चट्याङ लागेर बृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९
को होलान् एन्फाको प्रवक्ता ?
 २०७९,असार,२३,बिहीवार १५:४०
सेयर बजारको ओरालो यात्रामा निरन्तरता
 २०७९,असार,२३,बिहीवार १५:२०