सीआईबीद्धारा ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । ज्यानसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३८ वर्षीय कैलाश कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०६६ असोज ३० गते गोरखा साविक बोर्लाङ्ग गाविस–७ हटियामा डिल बहादुर दराईको हत्या गरी फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडालबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?