नीजि प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

लोकपथ
104
Shares

काठमाडौं । नीजि प्रयोजनका कार, जीप र भ्यालको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन नेपाल अटोमोवाईल डिर्लस एसोसिएसन (नाडा) ले आग्रह गरेको छ । शुक्रबार नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै नाडा प्रोस्पेक्टिभ अन करेन्ट सिनारियो अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइलल्स सार्वजनिक गर्दै नाडाले यस्तो आग्रह गरेको हो ।

एक खर्बभन्दा बढीको लगानी रहेको, हरेक बर्ष एक खर्व ५० अर्बभन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा एक लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको छ ।

नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ । नाडाबाट प्रस्तुत नाडा प्रोस्पेक्टिभ अन करेन्ट सिनारियो अन इम्र्पोट फर प्यासेन्जर अटोमोवाईल्स बाट नेपालको अटोमोवाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा समेत हामीले राखेका छौ, नाडाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?