ढकाललाई पत्रकारिता पुरस्कार

भद्रपुर ।  यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ ।

श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने  १५ हजार ५ सय ५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ । 

वि.सं  २०३४ देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिता शुरु गरेका हुन्  ।

गुठीले प्रदेश नं मा १ मा रहेर पत्रकारिता गरेका १२ भन्दा बढीलाई पुरस्कृत गरिसकेको गुठीका अध्यक्ष तोयनाथ भट्टराईले बताए  ।

पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना   गरिन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?