पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
169
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा ३,३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२,२३८ जनाको पीसीआर परीक्षण र १,१४९ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२४ जना सक्रिय संक्रमित रहेका छन् । मृतकको संख्या भने शून्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?