रेनु दाहाल खतरामुक्त

लोकपथ
520
Shares
तस्विर: गुगल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छिन् ।

शुक्रबार दिउँसो ललितपुरको जावलाखेलमा उनी सवार गाडी दुर्घटना हुँदा टाउकोमा सामान्य चोट लागेकोमा हाल खतरामुक्त भएकी छिन् ।

दुर्घटनापश्चाट सिटिस्क्यान गरेर हेर्दा टाउकोमा लागेको घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था सामान्य रहेको उनकी बहिनी गंगा दाहालले जानकारी दिएकी छिन् ।

‘आज दिउँसो दिदि रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा वहां चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदिको टाउकोमा सामान्य चोट लागेको र डक्टरको अनुसार सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको र अवश्था अहिले सामान्य भएकोले डाक्टरको सल्लाहमा डिस्चार्जको तयारीमा छौं। धन्यवाद!!’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?