प्याराग्लाइडिङबाट खसेर स्याङ्जामा एक युवती घाइते

लोकपथ
416
Shares

काठमाडौं । प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर एक युवती घाइते भएकी छन् ।

आज दिउँसो १२ः५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

प्याराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइते लक्ष्मीलाई प्रभु एयरको हेलिकोप्टरमार्फत थप उपचारका लागि पोखरा लगीएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्वरेक मैदानमा नियमित रुपमा प्याराग्लाइडिङ उडाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?