‘लोकतान्त्रिक प्रणालीमा नागरिक सर्वेसर्वा हुन् भन्ने भाष्य पुनर्स्थापित’

लोकपथ
156
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनर्स्थापित भएको बताएका छन् ।

बालेन्द्र साह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारको विजयले यसलाई पुष्टि गरेको भन्दै पौडेलले नागरिकले जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहने पनि बताए ।

‘बालेन्द्र शाह, हर्क साङ्गपाङ्ग र गोपाल हमाललगायतका स्वतन्त्र उमेदवारमाथि नागरिकहरुले गरेको विश्वास र भरोसाले लोकतान्त्रिक प्रणालीमा आम नागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनर्स्थापित भएको छ । र, आजका नागरिक जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहन्छन्, इमान्दार व्यक्ति चाहन्छन्, स्थानीयस्तरमा घुलमिल हुँदै आम मतदातासँग हातेमालो गरेर अघि बढ्ने पथप्रदर्शक चाहन्छन्, स्पष्ट विचार, भिजन र एजेण्डा चाहन्छन्,’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

स्थानीय तह निर्वाचनबाट जनताको नजरमा आफूलाई अब्बल साबित गर्न सफल सबै स्वतन्त्रबाट विजेता जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि अग्रीम शुभकामना दिएका छन् ।

उनले कांग्रेस जस्तोसुकै चुनावी परिणाम आए पनि हरेक परिस्थितिमा आम नागरिकसँगसँगै उभिँदै आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘आगामी दिनहरुमा पनि परिस्कृत हुँदै आम मतदाताहरु आगामी दिनहरुमा पनि परिस्कृत हुदैँ, आम मतदाताहरुको चाहनाको उच्च मूल्याङ्कन गर्दै अझ प्रस्टसँग आफ्ना विचार, भिजन र एजेण्डासहित तपाईँहरुसँगै सहकार्य गरिरहनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?