२५ पालिका हाँक्ने यी महिला

लोकपथ
273
Shares

काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा देशभरबाट २५ वटा पालिकाप्रमुखमा महिला निर्वाचित भएका छन् ।

मकवानपुरको हटौँडा उपमहानगर प्रमुखमा मीना लामा, चितवनका भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल, चितवनकै माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पावर्ती सुनुवार र सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहेरा दाहाल निर्वाचित भएका छन् । काभ्रेको चौरीदउेराली गाउँपालिका प्रमुखमा रेणुका चालागाईँ, निर्वाचित भएका छन् ।

झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुँदा झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भएकी छिन् । मारेङको कानेपोखेरी गाउँपालिका पमुखमा राजमति इङनाम निवाचित भएकीछिन् भने मिनादेवी कार्की सोलुखुम्बुकोे लिखु पिके गाउँपालिकाको प्रमुखमा विजयी भएकी छिन् ।

त्यस्तै खाटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणादवी राई विजयी हुँदा खोटाङकै हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भएकी छिन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भएकी छिन् भने सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवालले जित हात पारिन् ।

त्यस्तै, रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भएका छन् ।

त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भएका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दलामी, सुर्खेतको वीरेन्द्रगर नगरपालिका प्रमुखमा माहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउनेले जितेका छन् ।

दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुँदा कैलालीको लम्कीचुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छिन् ।

२५ पालिका प्रमुखसहित यस पटकको स्थानीय तहको निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?