महोत्तरी । जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको दाहसंस्कार आज गरिने भएको छ ।
ब्लड क्यान्सरका कारण उनको ३५ वर्षको उमेरमा मृत्यु भएको हो ।
डेढ महिनादेखि मस्तिष्कको ब्लड क्यान्सर रोगबाट पीडित राय भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा उपचाररत थिइन् ।
शुक्रबार बेलुका हस्पिटलमै उनको मृत्यु भएको हस्पिटलले पुष्टि गरेको छ । रायको शव शुक्रबार नै महोत्तरी ल्याइएको थियो ।
आइतबार (आज) उनको शवलाई अन्तिम श्रदाञ्जलीका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा राखिने भएको छ ।
रायको श्रीमान र एक छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया