काठमाडौं । ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तार गर्नुपर्ने भएपछि सोमबारदेखि बिहीबारसम्म साँझ दुई घण्टा उद्योगहरुमा लोडसेटिङ हुने भएको छ ।
भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि उद्योगहरुमा लोडसेटिङ हुने सम्भावना धेरै रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने जानकारी दिए ।
प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको हो । उनले भने, ‘हाम्रो सबस्टेशनमा पनि प्रोटेक्सन र कम्युनिकेशनको काम गर्नुपर्छ । भारततर्फ पनि प्रसारणलाइनमा सिफ्टिङको काम गर्नुपर्नेछ ।,’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया