सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
273
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार फेरि घटेको छ । आज बजार दोहोरो अंकले घटेको छ । सेयर बजार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर २२२३ दशमलव ७८ बिन्दुमा पुगेको हो ।

त्यस्तै, ठूला कम्पनीको कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर ४३३ दशमलव ०७ अंकमा पुगेको छ ।

आज दिनभर २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच सेयर किनबेच हुँदा एक अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा एउटा मात्र सूचक हरियो बनेको छ भने १२ वटा सूचकको सेयर मूल्य बढेको छ ।

आज ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४६ कम्पनीको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?