नेपाली समाज विचलनतिर गइरहेको छ : प्रचण्ड

लोकपथ
169
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् ।

शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज बिचलनतिर गइरहेको बताएका हुन् ।

उनले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताए । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गरे ।

उहाँले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रीत हुन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?