आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

लोकपथ
35
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

राष्ट्रियसभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?