छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

लोकपथ
143
Shares

काठमाडौं । बर्दिया, दाङ, पर्सा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरमा बा.१ ञ १९०३ नम्बरको गाडीको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने संजय यादवको छोरा लवकुश यादव रहेका छन् । उनको बिहीबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० गुर्जेस्थित सडकमा रा.१ क ४७३ नम्बरको मिनी ट्रकले रा.५ प १५३ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय भाग कुमार पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलास्थित सडकमा ना.६ त १७५९ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय सफराज देवान रहेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पुर्व हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा गएराती जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । पैदल हिडिरहेका मगरलाई गएराती साढे १२ बजे लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिएको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?