पेट्रोलियम पदार्थको कर घट्दै

लोकपथ
728
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयले पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्कमा गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागेको हो ।

यहीँ जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।

यद्यपि, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय अहिले नै भइनसकेको भइसकेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?