२३ असार २०७९, बिहीवार

लाउडा प्रकरणका २१ वर्ष : घाइतेका खुट्टामा अझै गोलीका दाग

२०७९,जेष्ठ,१३,शुक्रवार १०:०७

279
Shares

खोटाङ । लाउडा प्रकरणको विरोधका क्रममा खोटाङमा गोली काण्ड भएको २१ वर्ष पुगेको छ ।

लाउडा विमान खरिद प्रकरणकाविरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको घटनालाई दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईराला नेतृत्वको सरकारले अनियमित रुपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध ६ वाम घटक अन्तर्गत खोटाङमा एमाले र जनमोर्चाले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाईते भएका थिए ।

प्रहरीले जुलुसमाथि अन्धाधुन्ध गोली चलाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राई घाईते भएका थिए । त्यो बेला घाईते भएकामध्ये दिपनारायण हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर र दिपेन्द्र नेकपा माओबादी केन्द्रका नेता छन् । घाईतेमध्ये प्रतापको मृत्यु भइसकेको छ ।

लाउडा प्रकरणमा करोडौं भ्रष्टाचार भएको दाबी गर्दै तत्कालिन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको जुलुसमा सहभागीहरु बताउँछन् ।

मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुबै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ ।

घटनाका बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनितीमा संलग्न थिए । उसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१३,शुक्रवार १०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति आजको बैठकमा अध्यक्ष प्रचण्डले

काठमाडौं । नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो गठन गरेको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष ‘प्रचण्ड’ को म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार

ताजा समाचार

बागलुङमा चट्याङ लागेर बृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९
को होलान् एन्फाको प्रवक्ता ?
 २०७९,असार,२३,बिहीवार १५:४०
सेयर बजारको ओरालो यात्रामा निरन्तरता
 २०७९,असार,२३,बिहीवार १५:२०