ढल्यो एक इतिहास, को हुन् भरत शम्शेर ?

काठमाडौँ- नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको आज भारतको कोलकोतामा निधन भएको छ ।
राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

२०१५ सालको पहिलो जननिर्वाचित संसद्मा प्रतिपक्षी दलका नेताका रुपमा रहेका राणा गोर्खा परिषद्का महामन्त्री थिए ।
 २०१७ पुस १ गते उनले आफ्नो पार्टीलाई निशर्त नेपाली काँग्रेसमा विलय गराएका थिए ।
भारतको कोलकत्तामा ९० वर्षको उमेरमा आज बिहान उनको निधन भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु¥याएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि शम्शेरको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्  ।

आज शोक वक्तव्य जारी गर्दै उनले नेपालको राजनीतिक इतिहासको एक ज्यूँदोजाग्दो, सशक्त र हक्की नेताको रुपमा राणा रहेको स्मरण गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?