काठमाडौं महानगरपलिकामा बालेन्द्र साह निर्वाचित, तेस्रो भए केशव स्थापित

लोकपथ
767
Shares

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा साह विजयी भएको घोषणा गरेका हुन् । मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो बनेका छन्।

उनका अनुसार साहले ६१ हजार ७६७ मत ल्याएर विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत प्राप्त गरिन् ।

एमालेका स्थापित भने ३८ हजार ११७ ल्याए । तर, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।

खतिवडाका अनुसार काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ मतदाता रहेकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको थियो । मतगणनाका क्रममा बदर ७ हजार ६८२ मत बदर भएको पनि खतिवडाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?