राप्रपाको केन्द्रीय प्रचार विभागमा नुवाकोटका पाण्डे बने सदस्य सचिव

लोकपथ
3.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन् । साथै विभागको सदस्य सचिवको जिम्मेवारीसमेत तोकिएको छ ।

विभागका प्रमुख मोहन श्रेष्ठका अनुसार सुन्दर पाण्डे नुवाकोट, राधिका जोशी कञ्चनपुर, कमलराज श्रेष्ठ दोलखा र सञ्जिव न्यौपाने भक्तपुर प्रचार विभागमा थपिएका छन् ।

विभागले पूर्णता पाएसँगै सदस्य सचिवको जिम्मेवारी नुवाकोटका सुन्दर पाण्डेले पाएका छन् ।

पाण्डेले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शिवपुरी गाउँपालिकामा राप्रपाको तर्फबाट पालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?