स्थानीय तह निर्वाचन : एमालेलाई उछिनेर कांग्रेस बन्याे पहिलाे

लोकपथ
3.8k
Shares

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा झरेको छ । मधेस प्रदेशमा यसअघि पाँचौ स्थानमा रहेको एमालेले भने यसपटक आफ्नो स्थान सुधार्दै दोस्रो स्थानमा उक्लीएको छ ।
नेपाली कांग्रेसले अहिलेसम्म ३ सय २७ स्थानीय तहको प्रमुख पदमा जित निकालेको छ भने दोस्रो स्थानमा रहेको एमालेले २ सय ५ स्थानमा जितेको छ ।

समग्र प्रदेशको मतपरिणम हेर्ने हो भने कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र जसपा चौथो ठूलो पार्टी बनेको छ भने एकीकृत समाजवादी पाँचौँ र लोसपा छैटौँ पार्टी बनेका छन् ।

प्रदेशगत हिसाबमा हेर्ने हो भने २०७४ र यस पटकको निर्वाचनमा देशका दुई ठूला पार्टी कांग्रेस र एमाले दुवैले केही स्थानमा सुधार गरेका छन् भने केही स्थानमा आफ्नो प्रभुत्व गुमाएका छन् । तर समग्रमा नेपाली कांग्रेस पहिलो स्थानमा उक्लिएको छ भने एमालेले मधेश प्रदेश र गण्डकी प्रदेशमा आफ्नो स्थान सुधार गरे पनि सबै प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ ।

प्रदेश १

२०७४ मा ६९ पालिका प्रमुखसहित प्रदेश १मा पहिलो पार्टी बनेको एमाले यसपटक ४७ स्थामा खुम्चीँदै दोस्रो स्थानमा झरेको छ । ५१ स्थानमा जितेको नेपाली कांग्रेस भने यसपटक आफ्नो स्थान सुधार्दै ६८ स्थानमा जित निकालेर प्रदेश १ मा पहिलो पार्टी बनेको छ ।

मधेस प्रदेश

मधेस प्रदेशमा ४० पालिका प्रमुखसहित पहिलो पार्टीको रुपमा आफूलाई स्थापीत गरेको नेपाली का्रंग्रेस ४६ पालिका प्रमुखसहित यसपटक पनि आफ्नो स्थान सुरक्षीत गरेको छ । २०७४ मा जम्मा १८ पालिका जितेर मधेश प्रदेशमा पाँचौ पार्टी बनेको एमालेले भने यस पटक आफ्नो स्थान सुधार्दै ३० पालिकामा जित निकालेर दोस्रो पार्टी बन्न सफल भएको छ ।

बागमती प्रदेश

२०७४ मा ६४ स्थानमा जित निकालेको नेकपा एकाले बागमती प्रदेशमा यस पटक भने नराम्रोसँग पछी परेको छ । बागमतीमा एमाले यसपटक २७ स्थानमा सिमित भएको छ । एमाले योसँगै बागमती प्रदेशमा पहिलोबाट दोस्रोमा झरेको छ । नेपाली कांग्रेसले भने २२ स्थानमा सुधार गर्दै ५७ स्थानमा जित निकालेर पहिलो पार्टी बनेको छ । २०७४ मा कांग्रेसले बागमती प्रदेशमा जम्मा ३५ स्थानमा मात्र जित हात पारेको थियो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा रहेको ८५ स्थानीय तह मध्ये काँग्रेसले यसपटक ३६ तहको नेतृत्व लिँदै पहिलो पार्टी बनेको छ । भने एमालेले ३५ स्थानमा जित निकाल्दै दास्रो पार्टी बनेको भने एमालेले ३५ स्थानमा जित निकाल्दै दास्रो पार्टी बनेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसले ४४ र एमालेले ३४ पालिका प्रमुखमा जित निकालेको थियो । २०७४ र अहिलेको निर्वाचन परिणामलाई तुलना गर्ने हो भने गण्डकी प्रदेशमा कांग्रेस कम्जोर बन्दलै गएको देखिन्छ । त्यस्तै एमालेले भने आफ्नो स्थान सुधार गरेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा पनि नेपाली कांग्रेस नै पहिलो पार्टी बनेको छ । २०७४ मा ३३ स्थान मात्र जितेको कांग्रेसले यसपटक ४७ स्थानमा जित निकाल्न सफल भएको छ । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये एमालेले २७ स्थानमा मात्र जित निकालेको छ । २०७४ मा ४३ पालिकामा प्रमुख पद जितेको एमालेले यस पटक १६ पालिका गुमाएको छ । यो सँगै एमालेले पहिलोबाट दोस्रो स्थानमा झरेको छ भने कांग्रेस दोस्रोबाट पहिलोमा उक्लीएको छ ।

कर्णाली प्रदेश

नेकपा एमालेले कर्णाली प्रदेशको पहिलो प्रार्टीको हैसीयत यसपटक गुमाएको छ । कर्णालीमा २०७४ को स्थानीय तह निर्वाचनमा तेस्रो रहेको नेपाली कांग्रेस यस पटक पहिलो पार्टी बन्न सफल भएको छ । २०७४ मा २५ पालिका मात्र जितेको कांग्रेसले यसपटक ३२ स्थानमा जीतेको छ । एमाले भने २७ स्थानबाट खुम्चिँदै २३ स्थानमा सिमित भएको छ । कर्णालीमा ७९ स्थानीय तह रहेका छन् ।

सुदूरपश्चिम प्रदेश

८७ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा यसपटक नेपाली काँग्रेसले ४० र नेकपा एमालेले २५ स्थानमा जित निकालेका छन् । २०७४ मा ३९ स्थानमा एमालेले जितेको थियो भने कांग्रेसले ३८ स्थानमा जित निकालेको थियो ।
कर्णलीमा पनि यस पटक एमालेले आफ्नो पहिलो स्थान गुमाएर दोस्रो स्थानमा झरेको छ । नेपाली कांग्रेसले भने २ स्थानमा बढी जित निकाल्दै दोस्रोबाट पहिलो बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?